कास्की प्रशासनले तिजमा स्वीकृती विना कार्यक्रम गरे कारवाही गर्ने
पाेखरा | भदौ १२, २०८०
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तिजको अवसरमा प्रशासनको स्वीकृती विना कार्यक्रम गरे कारवाही गर्ने बताएको छ ।
कास्की प्रशासनले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै हरितालिका तिज नजिकिदै गएकाले तिज पर्व मनाउने नाममा विभिन्न तडक भडक सहितका खर्चिला, भड्किला कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘तिजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला, महोत्सव जिल्ला प्रशासनको स्वीकृती विना आयोजना नगर्नु हुन जानकारी गराइन्छ ।’
कास्की प्रशासनले सूचना सामाजिक व्यवहार (सुधार) एने तथा नियमवाली २०३३ र अन्य प्रचलित कानूनको विपरित हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा,मेला महोत्सव, पार्टी जस्ता कार्यक्रम सञ्चालन नगर्न प्रत्राचार गरेको जनाएको छ ।
सूचना विपरित कार्यक्रम सञ्चालन गरे प्रचलित कानून बमोजिम कारवाही गर्ने कास्की प्रशासनले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

